काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार ३ सय ५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा ८, उदयपुरमा ९, ओखलढुंगामा २, खोटाङमा ३, झापामा ३००, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा ६, पाँचथरमा १, भोजपुरमा ३५, मोरङमा ३६०, संखुवासभामा ३२, सुनसरीमा १३० र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा ११५, पर्सा ७८, बारामा २४, महोत्तरीमा २५, रौतहटमा ४५, सप्तरीमा २२, सर्लाहीमा १६ र सिरहामा १७ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार २ सय ५० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १०८, चितवनमा २०४, दोलखामा ११, धादिङमा ५२, नुवाकोटमा ६७, भक्तपुरमा २२६, मकवानपुरमा १८३, रसुवामा १५, रामेछापमा १४, ललितपुरमा ४४८, सिन्धुपाल्चोकमा १४ र सिन्धुलीमा ४४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २३५, गोरखामा २३, तनहुँमा १४, नवलपरासी पूर्वमा ५७, पर्वतमा १३, मनाङमा २८, मुस्ताङमा २७, म्याग्दीमा ४२, लमजुङमा ५, बागलुङमा ५ र स्याङजामा ७१ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३७, कपिलवस्तुमा २५, गुल्मीमा १८, दाङमा २७७, नवलपरासीमा ४५, पाल्पामा १२१, प्युठानमा १०, बर्दियामा ४४, बाँकेमा २८७, रुपन्देहीमा ७७१ र रोल्पामा ५ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २५, जाजरकोटमा २३, जुम्लामा ५, डोल्पामा १, दैलेखमा ३७, रुकुम पश्चिमा ६, सल्यानमा १० र सुर्खेतमा २२१ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा ६८, कञ्चनपुरमा ३१, कैलालीमा ३८९, डडेल्धुरामा ३९, डोटीमा ७३, दार्चुलामा ७८, बझाङमा १, दार्चुलामा ३ र बैतडीमा १९९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।