काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका बिरामीको उपचारमा प्रयोग भइरहेको भइरहेको रेम्डेसिभिर औषधि चिकित्सकको सिफारिसमा खरिद गर्न पाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको कुपण्डोलस्थित आयन हेल्थकेयरबाट रेम्डेसिभिर खरिद गर्न सकिने भएको हो।
नेपालमा आयन हेल्थकेयरले नै रेम्डेसिभिर आयात गर्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आयन हेल्थकेयरबाटै रेम्डेसिभिर आयात गर्न सकिने जनाएका छन्।
सहायक प्रवक्ता अधिकारीका अनुसार अस्पताल तथा कुनै व्यक्तिले आवश्यक परेको खण्डमा आयन हेल्थकेयरमा गएर रेम्डेसिभिर खरिद गर्न सक्नेछन्। चिकित्सकको प्रिस्क्रिप्सनको आधारमा आफ्नो परिचय खुल्ने कागजात देखाएर रेम्डेसिभिर खरिद गर्न सकिने भएको हो।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार रेम्डेसिभिर प्रतिभाइलको मूल्य ४ हजार ९ सय रुपैयाँ रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।