• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सामाजिक सञ्जालमा चर्चित तस्वीरका डा विनोद, जो कोरोना संक्रमणपछि सेवामा सक्रिय छन्

64x64
नेपाल लाइभ बुधबार, वैशाख २९, २०७८  ०८:५१
1140x725

काठमाडौं - सामाजिक सञ्जालमा एक चिकित्सकको तस्वीर भाइरल भइरहेको छ। ती चिकित्सकको निधारमा मास्कको डाम छ, अनुहारभरि पसिना छन्, पीपीईभित्र पहिरिएको गाउन निथ्रुक्कै भिजेको छ र ग्लोब्सभित्रै गुम्सिएर पटपटी फुटेका छन् हप्केला। 

त्यो तस्वीरले महामारीमा चिकित्साकर्मीको वास्तविक जीवनको चित्र दर्शाएको छ। तस्विरमा देखिएको उक्त दृश्यले धेरैलाई भावुक बनायो। ती चिकित्साकर्मीप्रति सम्मान जनाउँदै सामाजिक सञ्जालमा फैलाइयो। 

कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको अवस्थालाई प्रतिनिधित्व गथ्र्यो त्यो तस्विरले। घण्टाै‌ पीपीई, मास्क र ग्लोब्सभित्र बाफिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा कसरी दिनरात खटिरहेका छन्? भन्ने प्रष्ट्याउँछ।

अवस्था धेरै स्वास्थ्यकर्मीको यही हो तर ती चिकित्साकर्मी को हुन्? तस्विर पछ्याउँदै जाँदा भेटिए। उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डा विनोद प्याकुरेल रहेछन्।

कोरोनाको हटस्पट मानिएको बाँकेको कोहलपुरमा उनी कार्यरत छन्। बिरामीलाई निको बनाएर घर फर्काउन दिनरात सक्रिय छन्। त्यहाँको गर्मीमा लगातार १६ घण्टासम्म पीपीईमा बाफिन्छन्। पसिनाले निथ्रुक्क हुने गरी भिज्छन्।

१६ घण्टासम्म पनि भोकै 
नेपागलञ्जको गर्मी अनि लगातार १६ घण्टासम्म पिपिई पहिरिनु सामान्यजनका लागि यातना जस्तै हुन्छ। उनी भन्छन्, ‘यहाँ यस्तो गर्मी छ। ग्लोब्स पनि तीनवटा लगाउँछौ। फेससिल्डले निधारमा दुख्ने गरी डाम हुन्छ। शरीर पूरै पसिनाले भिज्छ। हात बाफेर पटपटी फुट्छ। एकदम गाह्रो छ।’

भोक, प्यास, निद्राको उनलाई मतलव हुँदैन। कुनै बेला त आफू १६ घण्टासम्म भोकै बसेर पनि ड्युटीमा खटिएको उनी बताउँछन्। यतिसम्म कि डाइपर लगाएर समेत ड्युटी गर्नु परेको अनुभव उनीसँग छ। 

‘ड्युटी सुरु हुने बेला खानेकुरा खाने हो। त्यसपछि कतिबेला हुन्छ थाहा नै हुँदैन,’ उनले भने, ‘एकछिन होल्ड गर्न मिल्दैन। बिरामी आएको आयै हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

हामीले नगरे कसले गर्ने?
कोरोनाका बिरामी बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले वैशाख ३ गतेदेखि कोरोनाका बिरामीको उपचार सुरु गर्‍यो। त्यो बेलादेखि नै उनी कोरोना संक्रमितको उपचारमा खटिरहेका छन्। 

उनका अनुसार सुरुवाती दिनमा कोरोनाका बिरामी जम्मा ५/६ जना मात्र थिए। तर त्यसको भोलिपल्ट नै बिरामीको संख्या ह्वात्तै बढ्यो। करिब ७७ जना बिरामी एकैदिन भर्ना भए।

उनले भने, ‘पहिलो दिन त बिरामी खासै थिएनन्। तर दोस्रो दिनबाट बिरामीको संख्या निकै बढ्यो। हाम्रो ड्युटीको समयमा पनि बढ्यो।’

कोरोनाको उपचारमा खटिनुपर्ने कुराले उनलाई मनमा डर नभएको होइन। तर बिरामीको सेवा गर्ने भावले उनको त्यो डरलाई जित्न दिएन। यो बेला हामी स्वास्थ्यकर्मीहरु पछि हट्नु हुँदैन भन्ने विचार उनको मनमा सधैं आइरहन्थ्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘बिरामीहरु दैनिक बढीरहेका थिए। कतै पनि बेड खाली थिएन। उपचार नपाएर बिरामीहरु छटपटाइरहेका छन्। यो बेला हामीले नगरे कसले गर्ने ?’ उनको मनोभाव छ।  

संक्रमित भए आफैँले बेड नपाउने डर
संक्रमितको उपचारमा खटिदै गर्दा उनी आफैँ पनि संक्रमित भए। वैशाख ११ गतेदेखि उनलाई सामान्य खालको लक्षण देखिएको थियो। खोकी लाग्ने र ज्वरो आउने भएपछि उनले वैशाख १२ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आयो। 

कोरोना पोजिटिभ रिपोर्ट जब उनको हातमा पर्‍यो उनको मनमा धेरै कुरा आएनन्। उनको मनमा एउटै डर थियो, ‘यसले गाह्रो पार्‍यो भने अब मैले बेड पाउँछु कि पाउँदिन।’

उनलाई पोजिटिभ भएको रिपोर्ट आएको दिनसम्म सबै आइसीयू र सबै वार्ड भरिएका थिए। ‘मलाई  गाह्रो भयो भने मैले कहाँ गएर उपचार गर्ने भन्ने विचार आउँदो रहेछ,’ उनले अनुभूति सुनाए। 

उनलाई गम्भीर खालको लक्षण देखिएन। त्यसैले उनी अस्पताल भर्ना हुनु परेन। तर आफैँ स्वास्थ्यकर्मी भएपनि अस्पतालमा शय्या नपाउने डर उनको मनमा अझै पनि छ। 

उनी भावुक हुँदै भन्छन्, ‘मेरो परिवारकै कुनै सदस्य संक्रमित हुनुभयो भने कहाँ लगेर उपचार गर्ने ? सबै ठाउँमा शय्या भरिएका छन्। अक्सिजनको अभाव छ। यो डर र विचार अझै पनि आउने रहेछ।’

उनी अहिले पुनः ड्युटीमा फर्किएको एक साता जति भयो। हामीसँगको कुराकानीका क्रममा उनी पटक पटक खोकी रहेका थिए। 

उनी भन्छन्, ‘अरु लक्षण त छैन। तर खोकीचाहिँ लागिरहेको छ। अरु साथीहरु पनि पोजिटिभ आएर आइसोलेसनमा हुनुहुन्छ। ड्युटी गर्ने कोही हुँदैन। त्यसैले म पुनः ड्युटीमा फर्किएको एक साताजति भयो।’ 

नेपाल भारतको अर्को रुप हुन सक्छ...
उनका अनुसार भारतमा कोरोनाको दोस्रो लहर चलिरहँदा नेपालले पनि सोही अनुसारको तयारी अघि बढाएको भए यो दर्दनाक स्थितिलाई रोक्न सकिन्थ्यो। तर सरकारले गर्न सकेन।

उनी प्रश्न गर्छन्, ‘कोभिड सेन्टरमा अक्सिजन नै छैन। बिरामी शय्या र अक्सिजनको अभावमा छटपटाएर मरिरहेका छन्। यसको जिम्मा कसले लिने?’

अक्सिजनको खपत हाल दैनिक बढिरहेको उनी बताउँछन्। कोरोना नियन्त्रण सरकारको हात बाहिर गइसकेको भन्दै उनी चिन्ता व्यक्त गर्छन्। सरकारले कोरोना नियन्त्रणका लागि केही नगरे भारतभन्दा पनि अवस्था दयनीय हुने उनी बताउँछन्।

बिरामीहरु शय्या नपाएर अस्पताल बाहिरै बस्छन्। कति छटपटाएर मर्छन्। यो सबै दृश्य उनले देखेका छन्। भागेका छन्। यसले उनको मन भतभति पोल्छ। 

‘दैनिक बिरामी बढीरहेका छन्। आइसीयू छैन। भेन्टिलेटर छैन। अक्सिजन छैन। एउटा बेडमा बिरामी मरिरहेको छ। अर्को बेडको बिरामी टाउको लुकाएर सुत्नु परेको छ। यो बेला हामीले सम्झाउनु बाहेक अरु कुनै विकल्प नै छैन,’ उनले भने। 

नेपालमा देखिएको दोस्रो लहर पहिलोभन्दा खतरनाक रहेको उनी बताउँछन्। पहिले दीर्घ रोगी, ज्येष्ठ नागरिकहरु बढी संक्रमित हुने गर्थे भने अहिले युवाहरु पनि संक्रमित भइरहेको उनी सुनाउँछन्। 

‘अहिले २०, २५, ३० वर्षको युवाहरु पनि छाति खराब भई निमोनिया भएर अक्सिजन कम भएर भर्ना भइरहेका छन्। हेर्दाहेर्दै कतिको मेरै आँखा अगाडी मृत्यु भएको छ,’ उनले भने। 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्