काठमाडौं– भक्तपुरको मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने बताएको छ। अक्सिन अभाव रहेको भन्दै अस्पतालले उक्त निर्णय गरेको हो।
अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जानकारी दिएकी हुन्।
अस्पतालमा अक्सिजन सकिएकाले बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अन्य बिरामी अस्पतालले भर्ना गनृनकिने उनले बताएकी छन्।
अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन अभाव हुँदा समस्या शुरु भएको आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।