काठमाडौं– नेकपा एमालेका नेता एवम् बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।
गत मंगलबार (वैशाख २१ गते) कोरोना संक्रमण भएका चौलागाईंको उपचारका क्रममा मनमोहन अस्पताल काठमाडौंमा निधन भएको हो।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका चौलागाईं २०७४ सालमा सम्पन्न निर्वाचनमा दोलखाको प्रदेशसभा निर्वाचन क्षेत्र (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
त्यसअघि उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट निर्वाचित भएका थिए भने २०७० सालमा समानुपातिक कोटाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।