रामेछाप– कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेकी एक महिलाको घरमै मृत्यु भएको छ। केही दिन अगाडि कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेकी लिखु गाउँपालिका वडा नम्बर २ की ६६ वर्षीया महिलाको मृत्यु भएको हो।
ती महिलाको मंगलबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ। योसँगै रामेछापमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
जिल्लास्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले कोरोना सङ्क्रमित महिला आफ्नै घरमा एकान्तबाँसमा रहेका समयमा मृत्यु भएको जानकारी दिए।
उनी यही वैशाख १६ गते खुट्टामा समस्या भएसँगै जाँच गराउन त्रिशूली अस्पतालमा गएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।