काठमाडौं– कोरोना भाइरसका संक्रमितहरु थपिने क्रम देशव्यापी रुपमा नै बढ्दो मात्रामा छ। पछिल्लो समय हरेकदिन जसो संक्रमितहरु बढिरहेका छन्।
मंगलवार मात्रै देशभर ९ हजार ४ सय ३८ जना संक्रमित थपिएका छन्। कोरोना संक्रमितमध्ये मंगलबार २ सय २५ जनाले ज्यानको पुष्टि भएको छ।
मंगलवार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५५, कपिलवस्तुमा ११७, गुल्मीमा १५, दाङमा २६५, नवलपरासीमा ५७, पाल्पामा ८४, प्युठानमा १, बर्दियामा ६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९ र रोल्पामा ४ जनामा कोरोना संक्रमित थपिए।
लुम्बिनी प्रदेशमा वैशाख १२ देखि वैशाख २८ गतेसम्म २३ हजार ६सय १५ जना संक्रमित थपिएका छन्।
यस्तो छ वैशाख महिनाको १७ दिनमा थपिएका संक्रमितको तथ्यांक–
वैशाख १२: ६८१
वैशाख १३: ८४१
वैशाख १४: ११३६
वैशाख १५: १०७२
वैशाख १६: १७१०
वैशाख १७: ११५६
वैशाख १८: ११९६
वैशाख १९: ११३८
वैशाख २०: १२८६
वैशाख २१: १७३१
वैशाख २२: १७६६
वैशाख २३: १७४६
वैशाख २४: १४२५
वैशाख २५: १६४८
वैशाख २६: १६४८
वैशाख २७: १५५७
वैशाख २८: १८७८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।