काठमाडौं- नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी २० हजार ५९६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। सोही अवधिमा ७२० जनाको एन्टिजेन परीक्षण गरिएको छ।
यसैबीच, गत २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। सोही अवधिमा २२५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।