काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण बन्द गरेकाे छ। आवश्यक कीट सकिएपछि परीक्षण बन्द गरेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले निषेधाज्ञाका कारण बाहिरबाट परीक्षणका लागि आवश्यक एक्सपान्सन सामग्री आउन नसकेपछि कीट अभाव भएकाले केही दिनलाई परीक्षण बन्द गरिएको बताए। टेकु अस्पतालमा दैनिक पाँच यसभन्दा बढी व्यक्तिको पीसीआर परीक्षण हुँदै आएको छ।
आवश्यक परीक्षण सामग्री आएपछि पुनः परीक्षण सुरु गरिने निर्देशक राजभण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।