काठमाडौं- काठमाडौं उपत्यकामा सक्रिय संक्रमितकाे संख्या साढे ३९ हजार पुगेकाे छ।
साेमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेकाे बुलेटिन अनुसार उपत्यकाका तीन जिल्ला काठमाडाैं, ललितपुर र भक्तपुरमा ३९ हजार ४६३ जना सक्रिय संक्रमित छन्।
काठमाडाैंमा मात्रै २९ हजार ७१ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन्। यस्तै, भक्तपुरमा ४ हजार ११२ र ललितपुरमा ६ हजार २८०जना सक्रिय संक्रमित रहेका छन्।
काठमाडौं उपत्यकामा एकै दिन (साेमबार) ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७७५ छन्। यस्तै, ललितपुरमा ५०५ र भक्तपुर जिल्लामा ३२७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
संक्रमणबाट काठमाडौंका एक लाख १७ हजार ८२८ जना निको भइसकेका छन्। भक्तपुरका १० हजार १६९ र ललितपुरका १८ हजार २६९ जना निको भइसकेका छन्।
कोरोना संक्रमणबाट काठमाडौंका ८६३, ललितपुरका २४७ र भक्तपुर १७६ जनाले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।