काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको दैनिक अपडेटमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ।
मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा १३९ जनाको मृत्यु भएको देखिएको हो।
सोमबार थपिएको मृतकको संख्यासँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा आरटी पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गत २४ घण्टामा देशभर १७ हजार ६२३ जनाको पीसीआर र ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।