काठमाडौं - काठमाडौं उपत्यकामा एकै दिन (साेमबार) ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ६०७ संक्रमित थपिएका हुन्।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७७५ छन्। यस्तै, ललितपुरमा ५०५ र भक्तपुर जिल्लामा ३२७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।