वीरगञ्ज– पछिल्लो २४ घण्टामा पर्सामा सात कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जका विभिन्न अस्पतालमा उपचारका क्रममा चार महिला र तीन पुरुषको मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या, कडा निमोनियाबाट ग्रसित पर्साका ६ जना र बाराका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
वीरगन्जको नारायणी अस्पातलमा भर्ना रहेका वीरगन्ज–३ छपकैया निवासी ७२ वर्षीया महिला, विन्दवासनी गाँउपालिका–४ निवासी ५० वर्षीया महिला, बहुदरामाई नगरपालिका–२ निवासी ६० वर्षीय पुरुष र बाराको निजगढ–७ निवासी ६० वर्षीय पुरुषको बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यसैगरी, वीरगन्जको तराई अस्पतालमा भर्ना रहेका वीरगन्ज–१० निवासी ६० वर्षीय पुरुष, नेशनल मेडिकल कलेजको अस्थायी कोभिड उपचार केन्द्रमा भर्ना रहेकी पर्साको पकहामैपुर गाँउपालिका– ५ निवासी ३८ वर्षीया महिलाको र वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएकी ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।