काठमाडौं- चीन सरकारले सहयोग गर्न लागेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज चीन जाँदै छ।
निगमका अनुसार आज राति ११:३० बजे वाइडबडी जहाज बेइजिङ प्रस्थान गर्नेछ।
४०० वटा सिलिन्डर र २० वटा भेन्टिलेटर लोड गरी निगमको वाइडबडी जहाज मंगलबार (भोलि) दिउँसो २:३० बजे काठमाडौं आइपुग्नेछ।
चीनले सहयोग गर्ने बाँकी सिलिन्डर भने पछि क्रमश: आउनेछ।
यस्तो छ उडान तालिका:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।