काठमाडाैं- फ्रान्सले काेराेनाविरुद्धकाे खोपको ब्यवस्थित वितरण गर्न आग्रह गरेकाे छ।
राष्ट्रपति इम्यानुअल म्याक्रोँले कतिपय मुलुकमा उत्पादित खोप शतप्रतिशत आफ्नै बजारमा आपूर्ति भएकाे भन्दै ब्यवस्थित वितरण गर्न आग्रह गरेका हुन्।
'खोप र कच्चा सामानको निर्यातमा खोपको यथोचित वितरण गर्नु जरुरी कार्यको तर कतिपय मुलुकले यसो नगरेको तर बहसलाई अन्यथा मोड्न खोजेको पाइएको छ,' उनले भने।
म्याक्राेँले बेलायती र अमेरिकी सरकारलाई अन्य देशहरूमा खोप निर्यात गर्न आग्रह गरेका छन्।
यसैबीच यसवर्ष मार्चसम्ममा चीनले विश्वलाई १० करोड ९० लाख खोप निर्यात गरेको छ जुन चीनमा कुल उत्पादनको ४८ प्रतिशत खोप हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।