काठमाडाैं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको परिवारका सबैलाई कोरोना संक्रमण पुष्टि भएको छ। सुरुमा शर्मालाई संक्रमण देखिएको थियो।
त्यसपछि गरिएकाे परीक्षणमा श्रीमतीलाई र छोरी तथा छोराको रिपोर्ट पनि पोजिटिभ आएको सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले जानकारी दिएका हुन्।
'जब मान्छेलाई गाह्रो पार्छ तब मान्छे दृढ र अझ धारिलो बन्नुको विकल्प हुँदै हुन्न। छोरीछोराको रिपोर्ट पनि पोजिटिभ जो आयो,' उनले लेखेका छन्।
परिवारै संक्रमित भएपछि कोरोनालाई परास्त गर्न अझ उच्च मनोबल मिलेकाे समेत उनले बताएका छन्।
उनीहरु सबै होम आइसोलेसनमै बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।