काठमाडाैं- सरकारले काेराेना परीक्षण निःशुल्क गर्न सबै सरकारी प्रयोगशालालाई परिपत्र गर्ने भएकाे छ।
कोराेना रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस) बैठकले लक्षण भएका तथा कन्ट्याक्ट ट्रेसिङ्गबाट पत्ता लागेका कन्ट्याक्टहरुको काेराेना परीक्षण निःशुल्क गर्न परिपत्र गर्ने निर्णय गरेकाे हाे।
यस्तै, कन्ट्याक्ट ट्रेसिङ्गमा परेकाहरुको अनिवार्य रुपमा बि वान फारम भरिएको वा आईएमयूमा इन्ट्री भएको हुने व्यवस्थाका लागि पत्राचार गर्ने निर्णय पनि गरिएकाे छ।
काेराेना महामारीकाे दाेस्राे लहर सुरु भएसँगै नेपालमा संक्रमितहरुकाे संख्या अचाक्ली बढेकाे छ।
आइतबार मात्रै देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा आइतबार थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।