काठमाडौं- नेपालमा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण देखिएको हो।
याेसँगै कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित छन्।
आइतबार प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा १, झापामा ११७, धनकुटामा ३, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३३०, संखुवासभामा २, सुनसरीमा ६६ र सोलुखुम्बुमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
प्रदेश २ को धनुषामा १३०, पर्सा ६७, बारामा २४, महोत्तरीमा ८५, रौतहटमा ५०, सप्तरीमा २८, सर्लाहीमा १२ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १२२, चितवनमा ३१०, दोलखामा ८, धादिङमा २१, नुवाकोटमा ७३, भक्तपुरमा ५०४, मकवानपुरमा ९०, रसुवामा ७, रामेछापमा १९, ललितपुरमा ५३३, सिन्धुपाल्चोकमा ७५ र सिन्धुलीमा ४३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३८३, गोरखामा ७४, तनहुँमा ८३, नवलपरासी पूर्वमा ५२, पर्वतमा ७, म्याग्दीमा ४, लमजुङमा १२, बागलुङमा ३ र स्याङजामा २३ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३९, कपिलवस्तुमा ३७, गुल्मीमा १२, दाङमा ३११, नवलपरासीमा ६०, पाल्पामा ९३, प्युठानमा ५, बर्दियामा १२, बाँकेमा ७३, रुपन्देहीमा ५६२ र रोल्पामा २१ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा ३, जुम्लामा १९, दैलेखमा ४, रुकुम पश्चिमा ९, सल्यानमा ३ र सुर्खेतमा २३५ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा ४४, कञ्चनपुरमा २१, कैलालीमा ४७६, डडेल्धुरामा ४५, डोटीमा ९, दार्चुलामा २९, बझाङमा ३ र बैतडीमा ७१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।