काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् सांसद गगन थापाले अक्सिजनको कोरोना भाइरसको महामारी नियन्त्रणमा गम्भीर बन्नुको सट्टा सरकारले हचुवाको भरमा निर्णय गरेको टिप्पणी गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आफ्नो सिफारिस बिना कुनै पनि अस्ताललाई सिलिण्डर भरेर अक्सिजन वितरण नगर्न भनेर अक्सिजन उत्पादक तथा आपूर्तिकर्ताहरुलाई गरेको परिपत्रलाई थापाले हचुवाको भरमा गरिएको निर्णय भनेका हुन्।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आवश्यक तयारी गर्नुपर्ने बेलामा नगर्ने अनि अहिले अत्तालिएर बेतुकको निर्णय गर्दा झन् कोलाहल भएको पनि बताएका छन्।
'निर्णयको २४ घण्टा नबित्दै अहिले फेरि सीसीएमसीले हेर्ने भनिएको छ। यसरी कहिले के कहिले के हचुवाको भरमा गरेको निर्णयले समाधान दिँदैन बरु झन समस्या बढाएको छ,' नेता थापाले सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै भनेका छन्।
नेता थापाले अक्सिजन सिलिण्डर भर्न मन्त्रालयको सिफारिस चाहिने अड्को थापेर अव्यवहारिक काम नगर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
'अस्पतालमा अक्सिजनको आपूर्तिलाई तत्काल सहज बनाऊ, झन्झट नथप,' थापाले सरकारको ध्यानाकर्षण गराउँदै भनेका छन्, 'अस्पतालमा अनुगमन गर्ने सम्बन्धित निकायले गर, तर अक्सिजन सिलिण्डर भर्न मन्त्रालयको सिफारिस चाहिने अड्को थपेर अव्यवहारिक काम नगर।'
अक्सिजन सिलिण्डर भर्ने सम्बन्धमा मन्त्रालयले गरेको निर्णयलाई 'बेतुकको निर्णय' भन्दै नेता थापाले यस्तो निर्णयका कारण कयौँ ठाउँमा बिरामीलाई भर्ना लिने ढोका समेत बन्द भएको बताएका छन्। 'दिएको सुविधा पनि घटाउन थालेका समाचारहरू आइरहेका छन्। कयौँ बिरामी घर फर्काइएको छ। यसको जिम्मा कसले लिने?' थापाले प्रश्न गरेका छन्।
वैशाख २५ गते स्वास्थ्य मन्त्रालयले 'मन्त्रालयको सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूलाई सिलिन्डर...
Posted by Gagan Thapa on Sunday, May 9, 2021
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।