काठमाडौं- काठमाडौं उपत्यकामा एकै दिन (आइतबार) ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ४ हजार १९८ संक्रमित थपिएका हुन्।
आइतबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ३ हजार १६१ छन्। यस्तै, ललितपुरमा ५३३ र भक्तपुर जिल्लामा ५०४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।