काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६८४ पुगेको छ।
यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जना संक्रमित थपिएका छन्। पीसीआर र एन्टिजेन परीक्षणबाट उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८ हजार ७७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ७८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
यस्तै, देशका विभिन्न ठाउँमा ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेनट पोजिटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।