काठमाडौं– नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८ हजार ७७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ७८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
यस्तै, देशका विभिन्न ठाउँमा ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेनट पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।