काठमाडौं– झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन सिलिण्डर जम्मा गरी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाइएको छ।
गत बुधबारदेखि शनिबारसम्ममा इलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काँकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन सिलिण्डर जम्मा गरेको हो।
जम्मा पारिएको सिलिण्डरहरु रिफिल गर्नका लागि कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सिलिण्डरहरु प्रहरी कार्यालयहरुले आ–आफ्नो क्षेत्रमा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसँग समन्वय गरी जम्मा गरेको थियो।
सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपूर्ति गर्ने व्यवस्था मिलाइने कपुरी र मातृ ट्रेडर्सले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।