• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

निषेधाज्ञाको दोस्रो साता– तर किन घटेन संक्रमण दर?

रिता लम्साल आइतबार, वैशाख २६, २०७८  १४:५०
1140x725

काठमाडौं– दोस्रो लहरको कोरोना संक्रमण व्यापक बन्दै गएपछि 'चेन ब्रेक'का लागि भन्दै अहिले देशभरका ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। काठमाडौं उपत्यकमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। 

केही दिन अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले पहाडी जिल्लामा २०० र तराईं–मधेस तथा शहरी क्षेत्रका जिल्लामा ५०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले नै निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सोही निर्णयानुसार अहिले प्रमुख जिल्ला अधिकारीहरुले संक्रमणको जोखिम मूल्याङ्कन गरेर निषेधाज्ञा जारी गरिरहेका छन्।   

तर, निषेधाज्ञाको अपेक्षित असर भने देखिएको छैन। बरु निषेधाज्ञा जारी भएकै जिल्लामा दैनिक कोरोन संक्रमण थपिने दर झन् बढ्दो क्रममा छ। 

सबैभन्दा पहिले निषेधाज्ञाको घोषणा भएको काठमाडौं उपत्यकाको दैनिक संक्रमण दर हेर्दा पनि नतिजा अपेक्षाभन्दा धेरै फरक पाइन्छ। निषेधाज्ञा जारी भएको दिन (वैशाख १६) गते काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गरी १ हजार ५६० जना संक्रमित थपिएका थिए। 

निषेधाज्ञा जारी भएको १० दिनको अवधिमा दैनिक संक्रमित थपिने दर दोब्बरले बढेको देखिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा उपत्यकाका ३ जिल्लामा थप ३ हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

वैशाख १६ गतेसम्म सक्रिय संक्रमित ५०० पुगेका जिल्लाको संख्या १२ थियो। तर, शनिबारसम्म त्यस्ता जिल्लाको संख्या बढेर २२ पुगेको छ। 

निषेधाज्ञा लागू भएको दिन वैशाख १६ गते देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ थियो। तर अहिले देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ। निषेधाज्ञाको १० दिनमा ४९ हजार ३७६ सक्रिय संक्रमित थपिएका छन्। संक्रमित थपिने क्रम हरेक दिन बढ्दो क्रममा छ। पछिल्लो केही दिनदेखि ८ देखि ९ हजार संक्रमित हरेक दिन थपिएको मन्त्रालयको तथ्यांकले देखाउँछ।

कडा निषेधाज्ञा लागु भएको काठमाडौं उपत्यका मात्र दैनिक ४ हजारभन्दा बढि नयाँ संक्रमितहरु भेटिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

निषेधाज्ञा लागु भएपनि किन घटेन संक्रमणको दर?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण पौडेल भने निषेधाज्ञाको सकरात्मक देखिने समय अहिले नै आइ नसकेको बताउँछन्। डा पौडेलका अनुसार कोरोना संक्रमण दर कम हुन १४ दिन लाग्न सक्छ।

निषेधाज्ञा जारी भएको अवस्थामा समेत कतिपय क्षेत्र खुला हुनुले पनि संक्रमण दर नघटेको डा पौडेलको भनाइ छ। 

'कुनैपनि व्यक्तिलाई कोरोना संक्रमण सरेको ५ देखि  १० दिनभित्र लक्षण आउने हो।  करिब २ सातासम्ममा कोरोना संक्रमणको लक्षण देखिने भएकाले निषेधाज्ञा भएको दुइसाता पुरा भइसकेको छैन,' पौडेल भन्छन्, 'त्यसैले पनि संक्रमणको दर अहिले नै कम भइहाल्ने अवस्था छैन।'

डा पौडेलको भनाइ जस्ताको त्यस्तै–
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागु भएको दोस्रो सातामा प्रवेश गरेका छौं। एकसाता अघि सबै क्षेत्रहरु खुला थियो। भिडभाड थियो। निषेधाज्ञा लागु हुनुअघिल्लो दिनसम्म एक्स्पोज भएका व्यक्तिहरुमा संक्रमण सरेको हुनसक्ने सम्भावना १० दिनसम्ममा थाहा हुन्छ। कुनैपनि व्यक्तिलाई कोरोना संक्रमण सरेको ५ देखि  १० दिनभित्र लक्षण आउने हो।  करिब २ सातासम्ममा कोरोना संक्रमणको लक्षण देखिने भएकाले निषेधाज्ञा भएको दुइसाता पुरा भइसकेको छैन। त्यसैले पनि संक्रमणको दर अहिले नै कम भइहाल्ने अवस्था छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निषेधाज्ञा हुनुभन्दा अघि खोप लगाउने स्थानमा भिडभाड नै थियो, सार्वजनिक यातायातमा पनि भिडभाड थियो। जो व्यक्तिहरु काठमाडौं छोडेर जानुभयो। उहाँहरुले जनस्वास्थ्यको मापदण्ड पुर्ण रुपमा पालना गर्नुभएको थिएन। त्यसले गर्दा यो निषेधाज्ञा जुनजुन जिल्लामा सुरु भयो। निषेधाज्ञाको अवधि तीनसाता पुरा नहुँदासम्म संक्रमण दर कम हुन गाह्रो छ।

सरकारले कडाइ गर्न नखोजेको त होइन होला। तर कतिपय क्षेत्रका कार्यालय अहिलेपनि खुला छन्। मोटरसाइकलहरु चलिरहेका छन्। बैंकहरु पनि खुला भयो। तरकारी पसल, किराना पसल बिहान बेलुका खुला भए। पसलहरु अहिले बिहान खुला हुन थालेको छ।

यी र यस्ता गतिविधिका कारणले पनि संक्रमण बढेको देखिन्छ। त्यसैले अझै पनि संक्रमण रोक्न चुनौती छ। निषेधाज्ञाको कारण संक्रमण दर कम हुने समय अझै भइसकेको छैन। अबको दुई सातामा चाँही संक्रमण दर कम देखियो भने हामीले निषेधाज्ञा गरेको प्रतिफल मान्न पाउनेछौं। 

निषेधाज्ञाको एकसातामै संक्रमण दर कम हुन्छ भन्ने अपेक्षा गर्नु हतारो हुन्छ। 

सबै क्षेत्रमा जति होसियारी लिनुपर्ने थियो त्यो भएन। त्यसले गर्दा अहिले शय्याकै अभाव हुनेगरी संक्रमितहरु बढेका छन्। अक्सिजन सपोर्टमा राख्नुपर्ने संक्रमित बढेका छन्। धेरै जना संक्रमितहरु होम आइसोलेसनमा समुदायमै बसेका छन्। तथ्यांक हेर्दा पनि अघिकांश संक्रमित घरमै छन्। केही मात्र अस्पतालमा भर्ना भएका छन्।

जतिपनि संक्रमित होम आइसोलेसनमा छन्। उहाँहरुले अरुलाई संक्रमण नसरोस् भनेर होम आइसोलेसनमा बस्दा अपाउनुपर्ने सावधानी पूर्ण रुपमा पालना गर्न सक्नुभएको छैन। होम आइसोलेसनमा बस्नेले नियमको पानाला सहि तरिकाले नगर्दा पनि  संक्रमण बढिरहेको हुनसक्छ।

अहिले देशभर ७५ हजारभन्दा बढी संक्रमित होम आइसोलेसनमा छन्। लगतभग ५ हजार संक्रमित मात्र अस्पतालमा छन्।

अहिलेको अवस्थामा कोरोना संक्रणण नियन्त्रणका लागि होम आइसोलेसनमा भएका ७५ हजार भन्दा बढी संक्रमितले होम आइसोलेसनमा हुँदा अपनाउनुपर्ने मापदण्ड पुर्ण रुपमा पालना गर्न अत्यन्तै जरुरी छ। होम आइसोलेसनमा हुनेको निगरानी गर्न पनि आवश्यक छ।

संक्रमित धेरै भएपछि स्वास्थ्य प्रणालीलाई चाप बढ्छ। अहिले हामीले देखेका छौं। अस्पतालमा संक्रमितको चाप बढेको छ।

अर्को कुरा हामीले जहिल्यै ओकालत गरिरहेको तर, त्यसलाई  गम्भीर रुपमा नलिएको अवस्था पनि संक्रमण बढ्नुको कारणमध्येको एक हो। जस्तो काठमाडौं जस्तो उच्च जोखिमयुक्त स्थानबाट गाउँगाउँमा फर्किदा, अन्य देशबाट फर्किदा १० दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु भनेका थियौं। तर त्यो नियम त्यति पालना भएन। मानिसहरु बिदेशबाट आएका तथा काठमाडौंबाट गाउँ गएकाहरुले पनि १० दिन क्वारेन्टाइनमा बसेनन्।

नेपालमा अन्तराष्ट्रिय उडान बल्ल बन्द भएको अवस्था छ। बैंकहरुको पनि सेवा थोरै ठाउँबाट मात्र दिइने भनिएको छ। त्यसैले अब आशा गरौं दुईसाता भित्रमा संक्रमणको दर कम हुन्छ कि!

अहिले संक्रमित भएकाहरुमा कन्ट्याक ट्रेसिङ गर्नुपर्ने तर प्रभावकारी रुपमा हुन नसकेको पनि पाएका छौं। कन्ट्याक ट्रेसिङका लागि गतवर्ष नै १७४ जना देशका विभिन्न भागमा तथा प्रदेशमा खटिनु भएको छ।

हाम्रो  स्वास्थ्य सेवातर्फ करिब ३० हजार जनशक्ति छन्। ती मध्ये २६ हजार जनशक्ति स्थानीय तहमा छन्। त्यो बाहेक कतिपय स्थानीय तहले थप स्वास्थ्यकर्मी पनि राख्नुभएको छ।

पालिकाहरुले गतवर्ष कन्ट्याक ट्रेसिङ गरेबापतको भुक्तानी समयमा पाएनन् भन्ने गुनासो थियो। तर यो पटक वैशाख ६ गतेको आदेशमा पनि उल्लेख छ। स्थानीय पालिकाले कन्ट्याक ट्रेसिङ गर्ने र लागेको खर्च  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तथ्यांक पेस गरेपछि दिइने भनिएको छ। त्यसैले अहिले हामीले स्थानीय तहलाई भनिरहेका छौं। तर, आशातित रुपमा कन्ट्याक ट्रेसिङमा पालिकाहरुले जसरी अपनत्व  लिएर गर्नुपर्ने हो त्यो नभएको अवस्था छ। पछिल्लो दिनमा भने उहाँहरुको सक्रियता बढेको छ।

जब गतवर्ष संक्रमितको संख्या बढेपछि पुन कम हुदै गयो। त्यसपछि कन्ट्याक ट्रेसिङ कम भयो। अहिले संक्रमणको दर फेरि  ह्वात्तै बढेपछि अन्य कामहरु बढ्यो त्यसले गर्दा संक्रमितको कन्ट्याक ट्रेसिङ पनि प्रभावकारी रुपमा हुन नसकेको हो। तर कन्ट्याक ट्रेसिङ हुनुपर्छ। समुदायमा संक्रमितको पहिचान हुनु महत्वपूर्ण कुरा हो। यसमा हाम्रो जोड छ। हामीले ७४ जनासँग कन्ट्याक ट्रेसिङको विषयमा केके चुनौती छन् ? केके समस्या छन् भनेर भर्चुअल मिटिङ गरेका छौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातै प्रदेशमा फोकल पर्सनहरु तोकेको छ। कन्ट्याक ट्रेसिङको विषयमा उहाँहरुसँग छलफल गरेका छौं।

स्वास्थ्य मन्त्रालयले पालिकाहरुसँग बैठक गर्दा पनि कन्ट्याक ट्रेसिङलाई जोड दिनुपर्छ भन्ने विषय उठाएका छौँ। 

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जोखिमयुक्त स्थान पहिचान गरी जोखिमयुक्त क्षेत्रका स्थानीयमा कोरोना परीक्षणको दायरा बढाउने तयारीमा पनि छौं। जसले गर्दा समुदायमा लक्षण हुनुअघि नै संक्रमित पहिचान गर्न सकिन्छ र सामान्य बिरामीका लागि होल्डिङ सेन्टर र आइसोलेसन बनाउन सकिन्छ। 

अहिले सातै प्रदेश र काठमाडौंमा पनि होल्डिङ सेन्टर बन्दै छ। नेपाली सेनाले होल्डिङ सेन्टर बनाउदैछ। जो संक्रमित होम आइसोलेसनमा बस्न सम्भव छैन। अस्पताल मै भर्ना हुनुपर्ने अवस्था पनि छैन उहाँहरुलाई होल्डिङ सेन्टरमा राख्न सकिन्छ। जसले गर्दा अस्पताल हुने चाप पनि कम हुन्छ। संक्रमितको उपचार व्यवस्थापनमा पनि सहज हुन्छ।

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना: चालकको मृत्यु, दुई जना घाइते शुक्रबार, असोज ३०, २०८३
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्