• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अक्सिजन सकिएपछि काठमाडौं लैजान १० लाख तिरेर हेलिकोप्टर मगाए, हेलिकोप्टरमै गयो ज्यान

परिवारको दाबी: हेलिकोप्टर कम्पनीको गम्भीर लापरवाही
64x64
नेपाल लाइभ शनिबार, वैशाख २५, २०७८  २२:१५
1140x725

काठमाडौं– कैलालीको धनगढी, हसनपुरका ४५ वर्षीय राजु श्रेष्ठलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा केही कठिनाइ भएपछि चार दिनअघि उनलाई त्यहाँस्थित नवजीवन अस्पताल भर्ना गरियो। तर, अस्पतालमा अक्सिजन अभाव हुनथाल्यो। अस्पतालले अक्सिजनको व्यवस्था आफैं गर्नू भनेपछि आफन्तले दुई दिनसम्म जसोतसो जोहो गरे। तर, थप अक्सिजन व्यवस्था गर्न कठिन हुने भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको कोभिड अस्पताल लैजाने निधो गरे। 

‘कोभिड अस्पतालमा अक्सिजन आपूर्ति सहज होला भनेर शुक्रबार हामीले नवजीवनबाट निकालेर सेतीमा भर्ना गर्‍यौं’, राजुका भतिजा बाबुराजा श्रेष्ठले नेपाल लाइभसँग भने।

तर, सेतीमा पनि शुक्रबारदेखि नै अक्सिजन अभाव शुरु भइसकेको थियो। एकातिर अक्सिजनको अभाव, अर्कोतर्फ गम्भीर भएमा आइसीयू र भेन्टिलेटर सपोर्टको सुविधा उपलब्ध हुने सम्भावना नदेखेपछि परिवारले उनलाई काठमाडौं लैजाने निधो गरे। 

काठमाडौं लैजान सजिलो थिएन। अनेक प्रयासपछि सर्वोच्च अदालतका एकजना वरिष्ठ न्यायाधीशको पहलमा सिम्रिक एयरको हेलिकोप्टर धनगढी आउन तयार भयो। त्यसका लागि परिवारले १० लाख रुपैयाँ तिरे। र, शनिबार बिहान ११ बजे धनगढीस्थित कभर्ड हलमा अवतरण गरेको हेलिकोप्टर उनलाई बोकेर काठमाडौं उड्यो। 

तर, काठमाडौं पुग्दा उनको मृत्यु भइसकेको थियो। 

‘अस्पतालबाट अंकल एम्बुलेन्समा कभर्ड हलको मैदानसम्म पुगेपछि आफै हिँडेर हेलिकोप्टर चढ्नुभएको थियो’, बाबुराजाले भने, ‘हेलिकोप्टरमा एक्कासि मृत्यु भइहाल्ने अवस्था बिरामीको थिएन, हामी पत्याउन सकिरहेका छैनौं।’

काठमाडौं उड्नुअघि धनगढीस्थित कभर्ड हलमा हेलिकोप्टर चढ्ने क्रममा राजु श्रेष्ठ। उनी एम्बुलेन्सबाट झरेपछि आफै हिँडेर हेलिकोप्टर चढेका थिए। तस्वीर सौजन्यः बाबुराजा श्रेष्ठ

Ncell 2
Ncell 2

उनले हेलिकोप्टरमा दुईवटा अक्सिजन सिलिण्डर रहेको, एउटा प्रयोगमा रहेको अक्सिजन सिलिण्डरसहित बिरामीलाई हेलिकोप्टर चढाइएको र तीनवटा सिलिण्डर हुँदाहुँदै पनि गम्भीर अवस्था नभएका बिरामीको अकस्मात मृत्यु हुनु शंकास्पद रहेको बताए। ‘कम्पनीले उहाँ बित्नुभो, हामीले कपन (चुनिखेल)को करुणा अस्पतालमा झारेका छौं भनेर खबर गर्‍यो’, उनले भने, ‘त्यसबाहेक अरु केही जानकारी छैन।’

बीएण्डबी पठाएका बिरामीलाई कपन पुर्‍याइयो 
बाबुराजाले ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा कुरा गरेपछि हेलिकोप्टरको व्यवस्था गरिएको र बीएण्डबीमै लैजाने भनेर हेलिकोप्टर चढाइएको बताए।

तर, सिम्रिक एयरको हेलिकोप्टरले उनलाई बीएण्डबी नभई कपनको करुणा अस्पताल पुर्‍यायो। 

सिम्रिकको हेलिकोप्टरका अपरेशन डाइरेक्टर सिद्धार्थ गुरुंगले धनगढीबाट उड्दा बिरामीको कन्डिसन राम्रो रहेको र अक्सिजन लेबल पनि राम्रो भएको खबर आफूहरुले पाएको तर यस्तो कसरी भयो भन्नेबारे अहिले केही टिप्पणी नगर्ने बताए। ‘धनगढीबाट काठमाडौंको उडान २ घण्टा १५ मिनेटको हो। काठमाडौं पुग्नेबेला अलि गाह्रो भएपछि सपोर्ट राम्रो हुन्छ भनेर करुणा अस्पतालमा बिरामी झारिएको हो’, उनले नेपाल लाइभसँग भने, ‘डाक्टरहरुसँग कुरा गरेका छौं। कोभिडका बिरामीको अवस्था कतिखेर के हुन्छ भन्न सकिन्न। यसबारे विस्तृतमा हामी पछि भन्छौं।’

हेलिकोप्टर कम्पनीले काठमाडौंमा रहेका बिरामीका अन्य आफन्तलाई भने चिन्ताजनक अवस्था भएपछि बीएण्डबी नलगी करुणा अस्पताल लगिएको जवाफ दिएको छ। तर, सिम्रिक हेलिकोप्टर कम्पनीका अपरेशन विभागकै एक कर्मचारीले हेलिकोप्टरमै बिरामीको मृत्यु भइसकेको दाबी गरे। उनले भने, ‘धेरै कुरा हामीले बोल्न मिल्दैन, हाम्रैतर्फबाट कमजोरी भएको देखिन्छ। हेलिकोप्टरमै बिरामी बितिसकेको देखिन्छ।’

काठमाडौंमा रहेका बिरामीका आफन्त रमण श्रेष्ठले करुणा अस्पतालका डाक्टरहरुले अस्पताल आइपुग्दा केही पल्स छ कि जस्तो लागेर प्रयास गरेको तर नसकिएको जवाफ दिएको बताए। ‘अवस्था क्रिटिकल नै थियो भने पनि बीएण्डबीमा ल्याउने भनिएको बिरामीलाई किन करुणा अस्पताल पुर्‍याइयो भन्ने पूरै शंकास्पद छ’, उनले भने, ‘हेलिकोप्टरमै बिरामीको मृत्यु भएको देखिन्छ। अक्सिजन लेबल पनि मिलाउन नजान्ने टिम थियो या किन हो, यसमा ठूलो हेलचेक्र्याईं छ। हामीले पोस्टमार्टम गरिनुपर्छ भन्ने माग गरेका छौं।’ उनले धनगढी पुगेको हेलिकोप्टरसहितको टिमले त्यहाँका डाक्टरसँग बिरामीको अवस्थाबारे कन्सल्ट नै नगरी बिरामी बोकेर ल्याएकोसमेत बताए। 

‘हेलिकोप्टरमा रेस्क्यू गर्ने बिरामीका लागि डाक्टरको टिम महत्वपूर्ण हुन्छ, तर त्यो टिम नै गतिलो थिएन भन्ने देखिएको छ’, उनले भने, ‘हेलिकोप्टरमा उचाइमा पुग्दा अक्सिजन फ्लो मिलाउन नजानेर बिरामीको ज्यान गयो भन्ने हाम्रो आशंका छ। यसको छानविन हुनुपर्छ।’ 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  २२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलाई गद्दार भनिएला, तर कम्युनिस्ट आदर्श छोड्दिनँ : स्वतन्त्र उम्मेदवार दाहाल
निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध शनिबार, माघ १०, २०८२
मलाई गद्दार भनिएला, तर कम्युनिस्ट आदर्श छोड्दिनँ : स्वतन्त्र उम्मेदवार दाहाल शनिबार, माघ १०, २०८२
निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन शनिबार, माघ १०, २०८२
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका कालिकोटका शाही र बैतडीका चन्दले लिए उम्मेदवारी फिर्ता शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्