काठमाडाैं- बाजुरास्थित बडिमालिका नगरपालिका ९ का वडाअध्यक्ष बिनोदकुमार बिकको कोरोना संक्रमणबाट निधन भएको छ।
उनकाे शनिबार निधन भएकाे हाे। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई डडेलधुरा रिफर गरिएको थियो।
तर, थप उपचारका लागि डडेलधुरा लैजाँदै गर्दा अछामकाे साफेबगरमा उनकाे निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ।
पारिवारिक स्राेतका अनुसार उनी एक हप्ता अगाडिदेखि बिरामी भएका थिए।
काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखापरेपछि गरिएकाे परीक्षणकाे रिपाेर्ट आजै पाेजिटिभ आएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।