काठमाडौं- कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै जारी गरिएकाे निषेधाज्ञाबीच शनिबार ५१ वटा उडान तथा अवतरणमार्फत् १ सय १० जनाको उद्धार गरिएकाे छ।
त्रिभुवन विमानस्थलका अनुसार त्यसमध्ये ३८ जना कोरोना संक्रमित थिए। कैलाश हेलिकोप्टरबाट १६ र सिम्रिक हेलिकोप्टरले २२ जना कोरोना संक्रमितको उद्धार गरिएकाे छ।
कैलाशले वटा उडान तथा अवतरणबाट ८ जनालाई उपत्यकाबाट बाहिर लगेको थियो भने बाहिरबाट ८ जनालाई उपत्यका ल्याएको छ।
यसैगरी सिम्रिकले ८ वटा उडानमार्फत् २२ कोरोन संक्रमितको उद्धार गरेको छ। सिम्रिकले १३ जनालाई उपत्यकाबाट बाहिरका गन्तव्यका पुर्याएकाे थियो भने बाहिरको गन्तव्यबाट ९ जनालाई उपत्यका ल्याएको छ।
यसैगरी, एयर डाइनेष्ट्रिकले १० उडान तथा अवतरणबाट १७ जना,अल्टिच्युटले ११ उडान तथा अवतरणबाट २४, हेलिएभरेष्टले ४ वटा उडान तथा अवतरणबाट १२, मनाङले ८ वटा उडान तथा अवतरणबाट १६ र प्रभुले २ वटा उडान तथा अवतरणबाट ४ जनाको उद्धार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।