काठमाडौं - नेपालमा गत २४ घण्टामा मात्र साढे ८ हजार काेराेना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार पछिल्लाे २४ घण्टामा थप ८ हजार ४ सय १८ जना संक्रमित थपिएका हुन्। याेसँगै कूल संक्रमितकाे संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ।
जसमध्ये ८३ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयकाे भनाइ छ।
पछिल्लाे २४ घण्टामा प्रदेश १ को इलाममा ५, उदयपुरमा १९, ओखलढुंगामा २, खोटाङमा ७, झापामा २७६, ताप्लेजुङमा ८, धनकुटामा ९, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा २५४, संखुवासभामा २, सुनसरीमा १५७ र सोलुखुम्बुमा २५ जनामा संक्रमण पुष्टि भएकाे छ।
यता, प्रदेश २ को धनुषामा ११६, पर्सा १०७, बारामा २८, महोत्तरीमा ४२, रौतहटमा ४९, सप्तरीमा १२, सर्लाहीमा २१ र सिरहामा २१ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयकाे तथ्याङ्कमा उल्लेख छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार २ सय ७० जनामा कोरोना पुष्टि भएको छ।
काभ्रेपलाञ्चोकमा ५०, चितवनमा १२५, दोलखामा ८, धादिङमा ६८, नुवाकोटमा ४४, भक्तपुरमा ३८१, मकवानपुरमा १३४, रसुवामा २४, रामेछापमा ४९, ललितपुरमा ४६२, सिन्धुपाल्चोकमा ५२ र सिन्धुलीमा १०७ जनामा संक्रमण पुष्टि भएकाे छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८५, गोरखामा २०, तनहुँमा १३, नवलपरासी पूर्वमा १३, पर्वतमा ५, मुस्ताङमा १, म्याग्दीमा १३, लमजुङमा ७, बागलुङमा ४ र स्याङजामा २२ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा २८, गुल्मीमा १९, दाङमा १८९, नवलपरासीमा ८१ पाल्पामा ९२, प्युठानमा १५, बर्दियामा ११३, बाँकेमा ५५५, रुपन्देहीमा ८६१ र रोल्पामा ५ जनामा कोरोना संक्रमण भएकाे मन्त्रालयले जनाएकाे छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा १५, जुम्लामा ५, डोल्पामा २, दैलेखमा ६३, मुगुमा १, रुकुम पश्चिमा १८, सल्यानमा ४७, सुर्खेतमा ५९७ र हुम्लामा २ जनामा कोरोना संक्रमित भेटिएका छन्।
सुदूरपश्चिम प्रदेशको अछाममा ४१, कञ्चनपुरमा ५, कैलालीमा १०, डडेल्धुरामा २९, डोटीमा २१, दार्चुलामा ४, बझाङमा १ र बैतडीमा १११ जनामा संक्रमण पुष्टि भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।