काठमाडौं - देशभर एकै दिन ३ हजार बढी कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्र ३ हजार ३ सय ७० जना संक्रमणमुक्त भएका छन्।
योसँगै नेपालमा संक्रमणमुक्त हुनेकाे संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ। यो दर कूल संक्रमितको ७७ दशमलव ४२ प्रतिशत हो। यसअघि शुक्रबार २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका थिए।
हालसम्म कोराेना संक्रमणमुक्त हुनेमा काठमाडौंमा मात्रै १ लाख १४ हजार ५ सय ८० जना छन्।
ललितपुरमा १७ हजार ६ सय १३ र भक्तपुरमा ९ हजार ९ सय १४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।