काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ।
महानगरका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले शनिबार अस्पताल परिसर पुगेर भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले बिरामीको उपचारमा नै समस्या देखिन थालेपछि महानगरले अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको स्पष्ट पारे।
‘अहिले हाम्रो प्राथमिकता भनेको विकास निर्माणभन्दा पनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग, सहकार्य गर्ने रहेको छ। महानगरले केही सहयोग गरेर ज्यान बचाउन सकिन्छ भने त्यता लागौँ भनेका छौँ। हामीले सरकारी र सामुदायिक अस्पतालहरुलाई सहयोग गरिरहेका छौँ,’ उनले भने।
यो बाहेक कुनैपनि सहयोग तत्काल चाहियो भने काठमाडौं महानगरपालिकालाई एउटा सहयोगी संस्थाको रुपमा बुझिदिन उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।