काठमाडौं– चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।
यसअघि डब्ल्युएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिइसकेको छ।
चीनले भने यो खोप यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ। अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशले सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन्।
शुक्रबार सिनोफार्मको खोपलाई अनुमति दिँदै डब्ल्युएचओले यसको दुई डोज दिनुपर्ने बताएको छ। यो खोप १८ वर्षभन्दा माथिका व्यक्तिहरुले मात्र प्रयोग गर्नुपर्ने डब्ल्युएचओलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।