काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन चीन जान लागेको नेपाल वायु सेवा निगमको वाइडबडी जहाजका लागि 'ओेभर फ्लाई' तथा अवतरण अनुमतिका लागि सहजीकरण गरिदिन भन्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।
चीन सरकारले सहयोगमा दिन लागेकामध्ये पहिलो लटमा ४०० अक्सिजन सिलिन्डर र २० वटा भेन्टिलेटर लिन निगमको वाइडबडी ए ३३० जहाज सोमबार बेइजिङ जाँदै छ।
सोमबार राति साढे ११ बजे बेइजिङ गएर मंगलबार दिउँसो काठमाडौं फर्कने तलिका तय भएको छ। सोही उडानका लागि आवश्य पर्ने अनुमतिका लागि कूटनीतिक नियोगमार्फत् सहजीकरणको काम गरिदिन पर्यटनले परराष्ट्रलाई पत्र काटेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।