फाइल तस्वीर
काठमाडाैं- काठमाडाैं उपत्यकामा साढे ३४ हजार काेराेनाका सक्रिय संक्रमित पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार काठमाडाैं, ललितपुर र भक्तपुरमा हाल ३४ हजार ६२१ जना सक्रिय संक्रमित छन्।
त्यसमा काठमाडौं जिल्लामा २५ हजार ९४०, भक्तपुरमा ३ हजार २५२ र ललितपुरमा ५ हजार ४२९ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।
जसमध्ये आईसीयूमा १९४ जना र भेन्टिलेटरमा ८८ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडाैं उपत्यकामा मृतककाे संख्या पनि उच्च रहेकाे छ। मन्त्रालयका अनुसार काठमाडौंमा ८१४, भक्तपुरमा १६८ र ललितपुरमा २३२ संक्रमितकाे मृत्यु भइसकेकाे छ।
काठमाडौंमा एक लाख १२ हजार ८०२ जना कोरोना संक्रमणमुक्त भएका छन्। यस्तै, भक्तपुरमा ९ हजार ८२५ र ललितपुरमा १७ हजार ६३५ संक्रमणमुक्त भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।