काठमाडौं - गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ।
कोरोना संक्रमण देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका दुई र एकजनाकाे स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए।
वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएका म्याग्दीको बेनी गाउँपालिका २ का ७३ वर्षीय पुरुषको शुक्रबार दिउँसो मणिपाल शिक्षण अस्पताल उपचारका क्रममा मृत्यु भएको हाे।
त्यसैगरी साेही अस्पतालमा दाङ जिल्लाको लमही ५ का ४४ वर्षीया महिलाको मृत्यु भएको छ।
उनमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो।
यता, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाका ३२ वर्षका युवाको स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारका क्रममा मृत्यु भएको छ। उनका बुधबार कोरोना संक्रमण देखिएको थियो।
यसअघि आज नै पोखरामा ४ जना संक्रमितको मृत्यु भएको थियो। योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।