काठमाडाैं- गत २४ घण्टाभित्र नेपालमा थपिएका कोरोना संक्रमितहरुमध्ये सबैभन्दा बढी काठमाडाैंका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा काठमाडाैंका थप तीन हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडाैंपछि धेरै संक्रमित हुनेमा रुपन्देही रहेको छ। त्यहाँ ७३० जना नयाँ संक्रमित थपिएका छन्। ललितपुरमा ६४३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै कास्कीमा ३९३, भक्तपुरमा ३७४, दाङमा ३६६, चितवनमा ३४३, मोरङमा २७३, बाँकेमा २२२ र झापामा २१६ जनामा संक्रमण पुष्टि भएको छ।
पर्सा, धनुषा, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, कैलाली र बैतडी १०० जनाभन्दा बढी संक्रमित थपिने जिल्लामा परेका छन्।
प्रदेशगत आधारमा बागमतीमा सबैभन्दा धेरै चार हजार ९९४ जना र सबैभन्दा कम कर्णालीमा ५४ जना संक्रमित थपिएका छन्। यस्तै लुम्बिनीमा एक हजार ६२२, गण्डकीमा ७९९, प्रदेश १ मा ७१५, प्रदेश २ मा ४३३ र सुदूरपश्चिममा ४०६ जना थपिएका छन्।
यससँगै आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ७७ हजार ६०३ पुगेको छ। साथै, कोरोनाका कारण तीन हजार ५७९ जनाले ज्यान गुमाइसकेका छन्।
हेर्नुहाेस्, कुन जिल्लामा कति संक्रमित थपिए:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।