काठमाडौं- नेपालमा एकैदिन झण्डै तीन हजार जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ९०५ जना कोरोनामुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ। नेपालमा हालसम्म ३ लाख ७७ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको छ।
यसैबीच, नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १९ हजार ९८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। त्यसमा ९ हजार २३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, गत २४ घण्टामा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजिटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।