काठमाडाैं- नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ।
अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको बेला कांग्रेसले यस्तो निर्णय गरेको हो।
कांग्रेस रुपन्देहीले भैरहवास्थित भीम अस्पतालको पछाडि दुई वटा हल, ११ वटा कोठासहितको दुईतले कम्पाउन्डसहितको भवन उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।