काठमाडौं– ललितपुरस्थित अल्का अस्पतालले कोभिडका बिरामीको उपचारका लागि अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ।
अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा समस्या भएको जनाएको हो।
‘अहिले संक्रमितको उपचारमा समस्या देखिन शुरु भएको छ,’ अल्का अस्पतालका सीओओ दीपेन्द्र पोखरेलले भने, ‘अस्पतालमा बिरामीको चाप बढ्दै गइरहेको छ, अक्सिजन आपूर्तिमा समस्या थपिँदै छ।’
यस्तो अवस्थामा बिरामीको उपचारमा समस्या हुने उनको भनाइ छ।
अस्पताललाई अहिले दैनिक १ सय ५० वटा सिलिण्डरको अनवश्यकता रहेको बताउँदै उनले अहिले ४४ वटा भने आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको जानकारी दिए।
अक्सिजन सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउ अस्पतालले सरोकावाला निकायसँग आग्रहसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।