कैलाली- सुदूरपश्चिममा अक्सिजनको हाहाकार भएको छ। अक्सिजनको अभावमा सुदूरपश्चिमका अस्पतालहमा उपचार गराइरहेका कोरोना संक्रमित र अन्य बिरामीको ज्यान जोखिममा परेको छ।
हिजो राति हावाहुरीपछि बन्द भएको धनगढीस्थित एकमात्रै मालिका अक्सिजन उद्योग बिहान सचालनमा आएपनि यहाँको मागलाई धान्न सक्ने अवस्थामा छैन।
नेपालगञ्जमा रहेको अक्सिजन उद्योगले स्थानीय प्रशासनको दवावमा सुदूरपश्चिममा आउने अक्सिजनमा भारी कटौती गरेको छ।
सुदूरपश्चिमबाट अक्सिजन लिन गएका गाडीह हिजोदेखि नै नेपालगञ्जमा थन्किएका छन् ।सुदूरपश्चिमको सबैभन्दा ठूलो अस्पताल सेती प्रादेशिक अस्पतालमा अक्सिजनको चरम अभाव भएको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए।
तत्काल अक्सिजन आपूर्ति हुन नसके स्थिति भयावह हुन सक्ने मेसु पाण्डेयकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।