• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड महामारीमा खटाउन स्वास्थ्यकर्मीलाई ज्यालादारीमा नियुक्ति!

स्वास्थ्यकर्मी भन्छन्- प्रोत्साहन गर्नुको सट्टा मनोवल गिराउने काम भयाे
रिता लम्साल शुक्रबार, वैशाख २४, २०७८  ०९:०३
1140x725

काठमाडौं– निजामती कर्मचारी अस्पतालले कोभिड बिरामीको उपचारका लागि लक्षित गर्दै केही एनेस्थेसिया रजिष्ट्रार, मेडिकल अफिसर र स्टाफ नर्स नियुक्ति गर्ने भन्दै आवेदन माग गर्‍यो।

अस्पतालले कर्मचारी आवश्यकता भएकाले आवदेन खुला गर्दै निकालेको सूचनामा सेवाको प्रकार भने ‘सेसन’ र दैनिक ज्यालादारी लेखिएको छ। जसमा एनेस्थेसिया रजिष्ट्रार मेडिकल अफिसरको सेवा प्रकार ‘सेसन’ र स्टाफ नर्सको दैनिक ज्यालादारीमा उल्लेख छ। 

दैनिक ज्यालादारीमा काम लगाउन स्टाफ नर्स माग गरेको निजामती अस्पतालले आइसीयू र एचडीसीयूमा काम गरेको अनुभवी नर्स हुनुपर्ने उल्लेख गरेको छ।

निजामती अस्पतालको जस्तै कर्मचारी माग गर्दै वीर अस्पतालले पनि आवेदन खुला गर्‍यो।

अनुभवी डाक्टर र नर्स माग गरेको वीर अस्पतालले पनि सेवाको प्रकार भने मासिक ज्यालादारी उल्लेख गर्‍यो।

वीर अस्पतालले वैशाख २० गते कर्मचारी आवश्यकतासम्बन्धी सूचना प्रकाशित गर्दै १४ जना आठौं तहको मेडिकल अफिसर र ८ जना पाँचौं तहका स्टाफ नर्स लागि आवेदन माग गरेको छ। सो आवेदनमा उनीहरुलाई मासिक ज्यालादारीमा लिइने उल्लेख छ।

निजामती र वीर जस्तै पछिल्लो समय अस्पतालहरुले यस्तै आशयका विज्ञापन गरिरहेका छन्। 

कोरोना महामारीमा संक्रमितको उपचार र केयरमा डाक्टर, नर्स लगायतका स्वस्थ्यकर्मीहरु पानी समेत नखाई जोखिम मोलेरै ड्युटीमा खटिने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तर अस्पतालहरुले भने काम गरेको दिनको मात्र तलब दिने हिसाबले दैनिक ज्यालादारीमा नियुक्त गर्न खोजिरहेको भन्दै स्वास्थ्यकर्मीले यसको विरोध गरिरहेका छन्। 

‘कोभिड वार्डमा काम गर्ने स्वास्थ्यकर्मीले १० दिन काम गरेपछि १० दिन क्वारेन्टिनमा बस्नुपर्छ,’ निजामती अस्पतालकै एक स्वास्थ्यकर्मीले भने, ‘संक्रमितको उपचारमा खटिँदा संक्रमण सर्ने जोखिम उत्तिकै हुन्छ। तर १० दिन काम गरेर क्वारेन्टिमा बसेको अवधिको तलब नआउने गरी नियुक्ति दिनु त अन्याय हो नि।’

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि मात्र राष्ट्रका नाममा गरेको सम्बोधनमा पनि स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत भत्ता उपलब्ध गराउने भनेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै कोरोना महामारीमा अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव भएमा कम्तिमा ६ महिनादेखि एकवर्ष सम्मको अवधिका लागि करार सेवामा स्वास्थ्यकर्मी नियुक्त गर्न निर्देशन समेत दिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

करारमा नियुक्त भएका स्वास्थ्यकर्मीलाई पनि उनीहरुको तलबको ५० प्रतिशत थप भत्ता दिन समेत स्वास्थ्य मन्त्रालयको निर्देशन छ। तर अस्पतालहरु भने ज्यालादारीमा आवेदन माग गरिरहेका छन्।

महामारी विरुद्ध आफ्नो ज्यान जोखिममा राखेर खटिएका दक्ष स्वास्थ्यकर्मीलाई प्रोत्साहनको सट्टा श्रम ऐन विपरीत ज्यालादारीमा काम लगाउन खोजिएको भन्दै स्वास्थ्यकर्मीहरुले विरोध जनाएका छन् ।

‘यो महामारिमा घर, परिवार र आफ्नो जीवनलाई धरापमा राखेर काम गरिराखेको बेला, सेवा सुबिधा दिएर प्रोत्सान गरौं भन्ने बेला ज्यालादारीमा नर्स माग्ने कुरा अमानविय, असंवेदनसिल र अव्यवसायिक कुरा हो!’ एकजना स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमै आफ्नो असन्तुष्टि पोखेकी छन्।

महामारीको समयमा चिकित्सक तथा नर्सहरुलाई दैनिक वा मासिक ज्यालादारीमा नियुक्त गर्ने नियम नै नभएको नेपाल नर्सिङ संघकी अध्यक्ष मन कुमारी राई बताउँछिन् ।

‘नेपालमा नर्सिङ जनशक्तिलाई ज्यालादारीमा काम लगाउने व्यवस्था छैन,’ उनले भनिन्, ‘नेपालमा नर्सिङ जनशक्तिलाई ज्यालादारीमा राख्ने भन्ने नौलो विज्ञापन सुनियो। नर्सिङ जनशक्ति दक्ष जनशक्ति हुन् उनीहरुलाई ज्यालादारीमा काम लगाउन पाइँदैन।’

उनले निजामती अस्पतालले ज्यालादारीमा काम लगाउन नर्सिङ स्टाफ माग गर्नु गलत भएको भन्दै अस्पताललाई सचेत गराइएको पनि जानकारी दिइन्।

‘सिभिल अस्पतालले नर्सलाई ज्यालादारीमा काम लगाउने भनेर विज्ञापन निकालेपछि हामीले ५ दिनअघि नै पत्राचार नै गरेर नर्सलाई ज्यालादारीमा काम नलगाउनु भनेर सचेत गराएका छौं,’ उनले भनिन्, ‘वीर अस्पतालले समेत ज्यालादारीमा काम लगाउन आवेदन खुलाउनु गलत कुरा हो।’

No description available.

अस्पतालहरुले नर्सहरुलाई ज्यालामा काम लगाउने भन्दै आवेदन दिएपछि संघले अस्पतालसँग ज्यालादारीमा राख्नुको कारण समेत सोधेको र अस्पतालहरुले करारमा कर्मचारी राख्दा पछि स्थायी बनाउनुपर्ने माग राख्ने भएकाले समस्या पर्ने भन्दै ज्यालादारीमा कर्मचारी माग गरिएको जवाफ दिएको समेत बताइन्।

‘अस्पतालहरुले चाँहि पछि कर्मचारीले स्थानी गराउनुपर्ने माग गर्दै आन्दोलन गर्ने गरेकाले ज्यालादारी भन्ने शब्द राखिएको जवाफ दिएका थिए,’ उनले भनिन्, ‘तर हामीले ज्यालादारीमा राख्न पाइँदैन भनेर सचेत गरायौं।’

नर्सिङ संघले कोरोना महामारी सुरु हुनुअघि नै नर्सहरुलाई भोलेन्टियर र ज्यालादारीमा काम लगाउन नपाउने भनेर निर्णय नै गराएको समेत उनले बताइन्।

कोरोना महामारीमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्ने र ज्यालादारीमा काममा खटाउन नपाइने भन्दै नर्सिङ संघले स्वास्थ्य मन्त्रालयलाई समेत ध्यानाकर्षण गराएको उनको भनाइ छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव महामारीको समयमा मात्र नभई पहिलादेखि  नै रहेको बताए ।

सरकारले चिकित्सकहरुलाई दैनिक ज्यालादारी वा करार सेवामा मात्र नियुक्त गर्नुभन्दा स्थायी रुपमा नियुक्त गर्नुपर्ने डा कार्कीको धारणा छ।

नेपालको कुल जनसंख्या डेढ करोड हुँदा नियुक्त गरिएका सरकारी सेवाका स्वास्थ्यकर्मीले हाल ३ करोड जनसंख्या हुँदा काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

सरकारले लामो समयसम्म सरकारी सेवामा स्थायी जनशक्ति नियुक्त नगर्दा नै अहिले महामारीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव भएको डा कार्कीको तर्क छ।

‘४/५ वर्षदेखि सरकारी सेवामा स्वास्थ्यकर्मीका लागि स्थायी नियुक्तिको प्रक्रिया नै खुलाइएको छैन,’ उनले भने, ‘सरकारले भवन मात्र बनाउने तर त्यहाँ काम गर्न जनशक्ति नथप्ने गरेकोले आज सिस्टम कोल्याप्स भएको हो।’

नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना  संक्रमणको पहिलो लहर सुरु हुँदा नै स्वास्थ्य क्षेत्रमा स्थायी जनशक्ति नियुक्त गर्नुपर्ने सुझाव दिए पनि सरकारले नटेरेको बताए।

‘हामीले कोरोनाको पहिलो लहर आउँदा नै, ज्यालादारी र करार भन्दापनि स्थायी रुपमा स्वास्थ्यकर्मी नियुक्त गर्न सुझाव दिएका थियौं, तर समय लाग्छ भनियो,’ डा कार्कीले भने ‘एकवर्ष भन्दा पनि कति बढि समय लाग्छ?’

उनले हाल सरकारी सेवामा करिब १० हजार चिकित्सक आवश्यक भएपनि चिकित्सकको संख्या १३ सय मात्र रहेको बताए। करार वा ज्यालादारीमा मात्र आवेदन खुला गर्दा चिकित्सकहरु निरुत्साहित हुने उनले बताए।

‘यस्तो महामारीको समयमा पनि दैनिक ज्यालादारी, मासिक ज्यालादारी वा ६ महिने करारमा चिकित्सक मागेर, उनीहरु कसरी काम गर्न जान्छन्, यसरी चिकित्सक माग गरिनु गलत कुरा हो,’ डा कार्कीले भने, ‘हेल्थ सिस्टम ज्यालादारी र करारले चलाउने होइन, कोरोना संक्रमणको तेस्रो लहर आउनसक्छ, भोलि अन्य महामारी आउन सक्छ, त्यसैले सरकारले सकेसम्म स्थायी स्वास्थ्यकर्मी नियुक्त गर्नुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्