• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

खोपको दोस्रो मात्रा पूरा गर्नेहरु पनि किन हुँदैछन् संक्रमित?

खोपको पूरा मात्रा लगाएको २८ दिनपछि मात्र शरीरमा एन्टीबडी बन्छ : डा भट्ट
64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २४, २०७८  ०७:५५
1140x725

काठमाडौं - ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपालले वैशाख ८ गते कोभिड–१९ विरुद्धको दोस्रो खोप लगाए। खोप लगाएको तीन दिनपछि उनलाई ज्वरो आयो। रुघाखोकी पनि लाग्यो।  

कोरोनासँग मिल्दोजुल्दो लक्षणहरु देखिएकाले उनले पिसिआर परीक्षण गराए। उनको रिपोर्ट पोजिटिभ आयो। उनले भने, ‘मलाई लक्षण देखिएको थियो। त्यसपछि मैले कोरोना परीक्षण गर्दा पोजिटिभ आएको हो।’

आफू खोप लगाउन गएको बेला संक्रमित भएको हो की भन्ने उनको अनुमान छ। खोप लगाउन गएको दिन निकै भीड भएको बताउँदै उनले भने, ‘म त्यो बेलासम्म बिरामीहरुसँग एक्स्पोज भएको थिइन। खोप केन्द्रबाटै मलाई कोरोना सर्‍यो जस्तो लाग्छ। किनकि त्यो बेला निकै भीडभाड थियो।’

धेरै व्यक्तिले खोप लगाउँदैमा सुरक्षित भइन्छ भन्ने सोचका साथ हेलचक्र्याइ गर्ने गरेको उनको अनुभव छ। खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न उनको आग्रह छ। 

खोपको दोस्रो डोज लगाएको एक साता, १५/२० दिनपछि पनि आफ्नै सहकर्मीहरु संक्रमित भइरहेको कुरा डा नेपाल सुनाउँछन्। 

उनले भने, ‘खोपको दोस्रो डोज लगाएपछि संक्रमित हुने धेरै छन्। खोप लगाएको दुई दिनदेखि १५/२० दिनपछि पनि संक्रमण भएको पाएको छु। खोप लगाएको छु, म सुरक्षित भएँ भनेर हेरचेक्र्याइ गर्नु हुँदैन। जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नै पर्छ।’

कोरोनाले त्रसित विश्वका अधिकांश देश र मानिसहरु खोप लगाउन चाहन्छन्। तर खोप लगाउने बित्तिकै सुरक्षित भइन्छ भन्ने होइन। खोपको मात्रा पूरा गर्नु त पर्छ नै  जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ। तब मात्र कोभिड–१९ विरुद्धको यो खोपले शरीरलाई सुरक्षा दिन सक्छ। 

यद्यपि खोप लगाउँदैमा कोरोना नै लाग्दैन भन्ने पनि होइन। लापरबाहीले खोप लगाएका व्यक्ति पनि संक्रमित हुन सक्छन् र भइरहेका पनि छन्। खोप लगाएपछि कोरोना भाइरसले निम्त्याउने जटिलता कम हुने हो। संक्रमण हुँदै नहुने भन्ने भ्रममा पर्नु हुँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

कोभिसिल्ड खोपको हकमा दोस्रो मात्रा गरेपछि ७० प्रतिशत बढी कोरोनाबाट सुरक्षा दिने खोप शाखाका प्रमुख डा झलक गौतमले बताए। 

खोप लगाउने बित्तिकै शरीरमा एन्टीबडी नबन्ने भाइरोलोजिष्ट डा लुना भट्ट बताउँछिन्। उनका अनुसार कोभिसिल्ड खोपको पुरा मात्रा लगाएको २८ दिनपछि मात्र शरीरमा एन्टीबडी बन्छ। 

खोप लगाएको हप्ता दिनमै संक्रमितसँग सम्पर्कमा आयो भने व्यक्ति संक्रमित हुनु स्वाभाविक भएको उनले बताइन्। 

उनले भनिन्, ‘खोपको दोस्रो मात्रा लगाएको २८ दिनपछि शरीरमा राम्रोसँग एन्टीबडी बन्छ। त्यसैले खोप लगाएको हप्ता दिनमै व्यक्ति एक्स्पोजर भयो भने संक्रमित हुनु स्वाभाविकै हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डा लुनाको शब्द सापटी लिँदा खोपले शरीरलाई कोरोना विरुद्ध लड्न तयार मात्र पारेको हो। खोपले शरीरमा एन्टीबडी नबनाउँदासम्म खोप लगाउने व्यक्ति जोखिममै पर्ने उनले बताइन्। नेपालमा सुरु भएको दोस्रो लहरको कोरोना पहिलेभन्दा फरक रहेको उनले बताइन्। 

‘नयाँ देखिएको भाइरसले पहिला बनेको एन्टीबडीलाई छल्छ’ उनले भनिन्, ‘त्यसैले दोस्रो डोज लगाएकाहरु संक्रमित हुनु यो पनि कारण हुन सक्छ।’

डा लुनाका अनुसार नेपालमा लगाइएको कोभिसिल्ड खोपले बढीमा ६ महिनासम्म शरीरमा सुरक्षा दिन सक्छ। तर खोप लगाउँदैमा सुरक्षित भइन्छ भन्ने होइन। त्यही माथि कोरोना भाइरसको परिवर्तित स्वरुपका कारण यसले ठुलो चुनौती थपेको छ। विभिन्न भेरियन्ट, डबल अनि ट्रिपल म्युटेन्ट भाइरस भेटिएका छन्। 

त्यसैले खोप लगाएपछि ढुक्क भएर नबस्न आग्रह गर्दै उनी भन्छिन्, ‘नयाँ खालका भेरियन्ट र म्युटेण्ट भएर भाइरसहरु आइरहेका छन्। यसले गर्दा खोपले नयाँ भाइरसमा काम गर्छ की गर्दैन भन्ने विषयमा अध्ययन हुन बाँकी छ। त्यसैले खोप लगायो भनेर ढुक्क भएर हिँड्न मिल्दैन।’ 

खोप लगाएपछि पनि जनस्वास्थ्यका मापदण्डहरु पनि पालना गर्नुपर्नेमा उनी जोड दिन्छिन्। सामाजिक दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग, साबुन पानीले हात धुने व्यवहारहरु अवलम्बन गनुपर्ने उनले बताइन्।   

‘कोभिड भनेजस्तै नो भिड नभएसम्म कोरोनाबाट बच्न सकिँदैन,’ उनले भनिन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  ०७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्