काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणले मुलुक गम्भीर स्थितिमा पुगेको बताएका छन्।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरस संक्रमणको अवस्थाबारे समीक्षा हुने क्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दै गएकाले मुलुक गम्भीर स्थितिमा पुगेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले अवस्था गम्भीर बनेकाले कोरोना संक्रमणको प्राथमिकीकरण छुट्याउनुपर्नेमा जोड दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
'कोरोना संक्रमणले आम जनतालाई गम्भीर बनाउँदै लगेकको छ। मेडिकल सामग्रीसहित अक्सिजनको व्यवस्था कहाँ कस्तो अवस्थामा छ त्यसको अनुगमन गरेर व्यवस्थापन गर्ने भनिएको छ,’ ओलीको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक मन्त्रीले भने, ‘कोरोना संक्रमणको अवस्था कहाँ कस्तो छ, त्यहीअनुसार अक्सिजन र मेडिकल सामग्रीको व्यवस्था गर्नुपर्छ।’
कोरोना संक्रमण र रोकथामका विषयमा एकखालको राणनीति बनाएर नगएमा स्थिति अझै भयाभह हुने भन्दै ओलीले चिन्ता व्यक्त गरेको पनि ती मन्त्रीले बताए।
यस्तै, बाहिरबाट ल्याइने मेडिकल सामग्री र कोरोना विरुद्धको खोप खरिदको प्रक्रिया छिट्टै शुरु गर्ने विषयमा पनि कुराकानी भएको ती मन्त्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।