काठमाडौं- नेपालमा एकैदिन दुई हजार ७०७ जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका दुई हजार ७०७ जना संक्रमित कोरोनामुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ९२ हजार ४९० पुगेको छ।
यसैबीच, नेपालमा थप ८ हजार ९७० जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा थप थप ८ हजार ९७० जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी २० हजार ३६७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
यस्तै, गत २४ घण्टामा ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजिटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा आरटी-पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ९ हजार ७० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।