काठमाडाैं- चितवन मेडिकल कलेजमा एकै दिन चार कोरोना संक्रमितको मृत्यु भएको छ। बुधबार र बिहीबार गरी थप चार संक्रमितकाे मृत्यु भएकाे हाे।
गएराति साढे १२ बजेदेखि दिउँसो दुई बजेसम्म नवलपुर, तनहुँ, कपिलवस्तु र रुपन्देहीका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीले जानकारी दिए।
मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका-२ का ७३ वर्षीय पुरुष रहेका छन्। यता, कपिलवस्तुकी ६७ वर्षीया महिला, तनहुँको भानु नगरपालिका१२ की ६५ वर्षीया महिलाकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे छ।
यस्तै, रुपन्देहीको संखीपुर १५ का ८० वर्षीय पुरुषकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे डा अधिकारीले जानकारी दिए।
कोरोना संक्रमणबाट भएको निमोनियाका कारण उनीहरुको मृत्यु भएको उनकाे भनाइ छ।
चितवन मेडिकल कलेजमा बुधबार मात्रै ६ जना संक्रमितको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।