काठमाडाैं- कोरोना संक्रमित बढेपछि रूपन्देहीका दुई स्थानीय तहका जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्स बनाएका छन्।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख र उपप्रमुख तथा सियारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफूले चढ्दै आएको गााडीलाई एम्बुलेन्सको रूपमा प्रयोगमा ल्याएका छन्।
तिलोत्तमाका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरी तथा सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारू र उपाध्यक्ष अमृता गुरुङले गाडी बिरामीका लागि प्रयोग गर्न दिएका हुन्।
तिलोत्तमाका नगर प्रमुख घिमिरेले प्रयोग गर्ने लु १ झ ३६०, उपप्रमुख चौधरीले प्रयोग गर्ने लु १ झ ३२६ नम्बरको स्करपियो जीप बिहीबारदेखि एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइएको छ।
त्यस्तै, सियारीका गाउँपालिका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको लु १ झ ३७७ र लु १ झ ५०४ नम्बरको सवारी साधन पनि बिहीबारदेखि कोरोना संक्रमित बिरामी बोक्न प्रयोग गर्न थालिएको छ।
तिलोत्तमा नगरपालिकामा दुई वटा एम्बुलेन्सले बिरामी बोक्न अपर्याप्त भएपछि प्रमुख र उपप्रमुखको सवारी पनि संक्रमितको लागि प्रयोगमा ल्याइएको अध्यक्ष घिमिरले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।