• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सिन्धुपाल्चोककाे नौ स्थानीय तहमा निषेधाज्ञा, कुभिन्डे र कदमवास सिल

64x64
नेपाल लाइभ बुधबार, वैशाख २२, २०७८  १९:२३
1140x725

सिन्धुपाल्चोक- लगातार काेराेना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले नौ स्थानीय तहमा निषेधाज्ञाकाे आदेश जारी गरेकाे छ। 

सहायक प्रमुख जिल्ला अधिकार बाबुराम खनालको नेतृत्वमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञाकाे आदेश जारी  गरेको हो। 

खनालका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि गाउँपालिका र भोटेकासी गाउँपालिकाको अरनिको राजमार्ग सिन्धुपाल्चोक खण्डको बन्देउदेखि खाडिचौर बाह्रबिसे हुँदै तातोपानीसम्मको दायाँ बायाँ ५ सय मिटरमा निषेधाज्ञा जारी गरिएकाे छ।

यस्तै, सुनकोसी र लिसंखु पाखर गाउँपालिकाको खाडिचौरदेखि ठूलोपाखर हुँदै मुडे सडकखण्डको दायाँ बायाँ ५ सय मिटर खण्डमा निषेधाज्ञा जारी गरिएको छ। 

चौतारा साँगाचोकगढी नगरपालिका, बन्देउदेखि चौतारा सदरमुकाम जोड्ने सडक हुँदै स्याउले दायाँ बायाँ ५ सय मिटर, मेलम्ची र हेलम्बुको जिरो किलो हुँदै बाहुनेपाटी सिपाघाट, मेलम्ची सेरा, हेलम्बुको किउल सडकखण्डको दायाँ बायाँ ६ सय मिटर निषेधाज्ञा गरिएको छ।

यता, चौतारा नगरपालिका वडा नम्बर ४, ५ र ९ वडाको सम्पूर्ण क्षेत्र, मेलम्ची ११ का सम्पूर्ण क्षेत्रहरु र बलेफि र जुगलका बलेफिदेखि नौबिसे, जलबिरे, ढाडे, कात्तिके सडकखण्डको दायाँ बायाँ २ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

यी क्षेत्रमा वैशाख २३ बिहान ६ बजेदेखि वैशाख ३१ गते मध्यरात १२ बजेसम्म निषेधाज्ञा जारी रहनेछ।

यद्यपि, निषेधाज्ञाकाे अवधिमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, विमा एवं इजाजत प्राप्त सहकारी संस्थाहरु कार्यालय र कर्मचारीहरुको अवस्था हेरेर सम्बन्धित माथिल्लो निकायको स्विकृति लिई आलाेपालाे गरेर खेल्न पाइने छ।

Ncell 2
Ncell 2
nimb
nimb

सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन, ब्युटि पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्न पाइने छैन।

सार्वजनिक एवं निजी सवारी साधन, अटो रिक्सासमेत सञ्चालन गर्न पाइने छैन। अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाधान्न, तरकारी, फलफुल, दुध तथा दुग्धजन्य पदार्थ, मासु तथा मासुजन्य बस्तु बोकेको सवारी साधन, बैंक, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँकसेवा लगायतका ढुवानी तथा यातायातका साधन सञ्चालन गर्न पाइने छ।

खाद्य सामाग्री, ग्रोसरी पसल, औषधी पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न आग्रह गरिएकाे छ। 

यता, नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिनेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सञ्चारकर्मी/ पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्ने सूचना विभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने बैठकले निर्णय गरेकाे छ। होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा बन्द रहनेछ। 

विवाह तथा व्रतबन्धमा आयोजनाका लागि १५ जना (दुलाहदुलहीसहित) भन्दा बढी नहुने गरी सहभागी हुन पाइने छैन। 

यता, जिल्लाका विभिन्न क्षेत्रमा रहेका बजारहरुमा सञ्चालित औषधि पसल, भेटेरिनरी औषधि पसल, खाद्यान्न, तरकारी, फलफुल र दुग्धजन्य पदार्थ बेचबिखन गर्ने पसलबाहेक अन्य पसल/व्यवसाय अर्को आदेश नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएकाे छ। 

निर्माण सामाग्री पसल र र ढुवानीकाे हकमा बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने छ।

कुभिन्डे र कमदबास सिल
सिन्धुपाल्चोकका चौतारा नगरपालिकाका केही क्षेत्र सिल गरिएको छ। बैठकले कदमवास र कुभिन्डे वैशाख २३ देखि वैशाख ३१ सम्म सिल गरेकाे हाे।

साविकको कुभिन्डे गाविसको वडा नम्बर ५, ६, ७, ८ र ९ सिल गरिएको हो। चौतारा साँगाचोकगढी वडा नम्बर ४ को पूर्वमा नौबिसे, पश्चिममा चौतारा साँगाचोकगढी नगरपालिका ५ को सीमाना, उतरमा साविकको बतासे गाविस र दक्षिण मेलचौर इर्खुको सीमाक्षेत्र सिल गरिएको छ। 

यस्तै, चौतारा साँगाचोकगढी नगरपालिका ९ को कदमवास गाउँको सम्पूर्ण क्षेत्र सिल गरिएको छ। पूर्वमा बलेफि गाउँपालिकाको सीमाना, पश्चिममा लिपी खोला, उतरमा इर्खु र दक्षिण पश्चिमको जलकिनी क्षेत्रसम्म सिल गरिएको छ।

पछिल्लो समय उक्त क्षेत्रमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ। हालसम्म कदमवासमा २४  र कुभिन्डेमा ३० जना संक्रमित भेटिएका छन्। 

यस्तै, कुभिन्डेमा दुई जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने कदमवासकी एक महिलाको कोरोनासँग मिल्ने लक्षण देखिएको र ती महिलाको मृत्यु भएको थियो।

सिलको पालना नगर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुनेछ। सिल गरिएको क्षेत्रमा मानिस आवतजावत पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासनले जनाएको छ।  

साथै सिल गरिएको स्थानका स्थानीय घर बाहिर निस्कन पाउने छैनन्। यसको अनुगम स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले गर्ने सूचनामा उल्लेख छ।

सिन्धुपाल्चोकमा हाल २ सय नजिक संक्रिय संक्रमित पुगेका छन् भने दोस्रो लहरपछिमात्र ३ जनाले ज्यान गुमाएका छन्। 

बुधबार थप २६ जना संक्रमित भेटिएका थिए। प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेत संक्रमित भएर आइसोलेनमा बसिरहेका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्