काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालले १०० जना स्पटार्फ नर्स सहित १०३ जना कर्मचारी (स्वास्थ्यकर्मी) माग गरेको छ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप वृद्धि भएकाले संक्रमितको हेरचाह र उपचारका लागि भन्दै अस्पतालले ६ महिनाका लागि कर्मचारी माग गरेको हो।
अस्पतालले बुधबार एक सूचना प्रकाशित गर्दै ६ महिनाका लागि करार सेवमा नवौँ तहमा ३ जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट ३ जना र पाँचौ तहमा १०० जना स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरेको छ।
इच्छुक व्यक्तिले वैशाख २४ गते ५ बजेसम्ममा दरखास्त दिन अस्पतालले अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।