काठमाडौं- नेपालमा थप ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको हो।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।
यसैबीच, नेपालमा थप ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार थप थप ८ हजार ६०५ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी २० हजार ७५६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
यस्तै, गत २४ घण्टामा ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ८ हजार ६५९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।