बुटवल– लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमितका लागि तयार पारिएको फिवर क्लिनिक र कोरोना विशेष अस्थायी अस्पतालका सबै बेडहरु बिरामीले भरिएको जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा तयार पारिएको फिवर क्लिनिक आइसोलेसनका ७ वेड तथा धागो काराखानामा रहेका कोरोना विशेष अस्पतालमा ३६ एडीयू र १५ आईसीयू बेडहरु बिरामीले भरिएका जनाएको छ।
अस्पतालले बेडहरु खाली भए–नभएको विषयमा प्रत्येक ८–८ घण्टामा अपडेट गराइने जनाएको छ। बेडहरु खाली भए–नभएको विषयमा वेबसाइटमार्फत जानकारी लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।