काठमाडौं- काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडाैंले आज आदेश जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वान्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाएको छ।
प्रशासनले यही वैशाख १६ गते बिहान ६ बजेबाट २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।